• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सामुदायिक स्वास्थ्य इकाई केन्द्रको स्थापना

सामुदायिक स्वास्थ्य इकाई केन्द्रको स्थापना


समायोजन खबर
  • शुक्रबार, कार्तिक २८ २०७७

  • सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का ।

    समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरेको छ । दुरदराजमा रहेका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ बाँझेच्यानडाँडाको डाँडागाउँमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो ।

    दशैं अघिदेखि नै सेवा सुरु गरिएको सामुदायीक स्वास्थ्य इकाई केन्द्र शुक्रबार गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले उद्घाटन गरेका छन् । सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउनेगरी बाँझेच्यानडाँडामा गाउँपालिकाकै पहिलो सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो ।

    तत्कालका लागि एक जना अहेव र कार्यालय सहयोगी व्यवस्था गरेर स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा प्रवाह सुरु गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

    स्थानीय समाजसेबी जीवनकुमार राईले निःशुल्क जग्गा उपलव्ध गराएपछि गाउँपालिकाले एउटा शौचालय सहितको तीन कोठे भवन निर्माण गरेर सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरेको हो । स्वास्थ्यचौकीकै मातहतमा रहनेगरी स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा अनमी लगायतका आवश्यक जनशक्ती थप गर्ने जनाइएको छ ।

    गाउँपालिकाका अन्य खण्डित भूगोलमा क्रमशः सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गर्दै जाने योजना रहेको जनाइएको छ । निर्वाचित भएकै वर्ष स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि आवश्यक ठाउँमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम पास गरेको गाउँपालिकाले केही समयपछि साकेला गाउँपालिका–३ खिदिमामा सामुदायीक स्वास्थ्य इकाई केन्द्र विस्तारको लक्ष्य राखेको जनाएको छ ।२०७७ कार्तिक २८ गते राती ८ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology