समायोजन खबर खोटाङ, खोटाङमा ४६ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । हालसम्म ६६ जना कोरोना संक्रमित हुंदा ४६ जनाले कोरोना जितेर घर फर्केका हुन् ।
२० जना कोरोना संक्रिय संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमित छन् । प्रशासनका अनुसार दिक्तेलमा ४८ जना कोरोना संक्रमित छन् ।
दिक्तेलमा १८, केपिलासगढी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा एक/एक जना उपचाररत छन् । दिक्तेलबाट पठाइएको २० जनाको पिसिआर परिक्षण रिपोर्ट आउँन बाँकी छ ।
हालसम्म दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १, खोटेहाङ गाउँपालिकामा ४, हलेसी तुवाचुङ नगरपालिकामा ४, साकेला गाउँपालिकामा ४, केपिलासगढी गाउँपालिकामा १, ऐसेलुखर्क गाउँपालिकामा १, जन्तेढुंगा गाउँपालिकामा २ र बराहपोखरी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको थियो ।२०७७ कार्तिक २८ गते दिउँसो ३ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology