समायोजन खबर खोटाङ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । आजको सचिवालय बैठकलाई विशेष चासोका साथ हेरिएको छ । पार्टीका शीर्ष तथा दोस्रो तहका नेताले समेत पार्टी जटिल मुडमा पुगेको बताइरहेको बेला डाकिएको सचिवालय बैठक विशेष चासो हुन गएको हो ।
आज अपराहृन ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । यसअघि, कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सचिवालय सदस्यहरूले बिहीबार नै बैठक बस्ने तयारी गर्नुभएको थियो ।
तर, प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सहमति नदिएका कारण उक्त बैठक सरेको थियो । कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार सचिवालय बैठक बोलाउनुभएको थियो ।
आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । पार्टी विवादको समिक्षा र समाधानको उपायबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो । यसअघि प्रधानमन्त्री ओली सचिवालय बैठक राख्न तयार हुनुभएको थिएन । उहाँमाथि सचिवालयका बहुमत सदस्यले दबाब दिएपछि बैठक डाकिएको हो ।२०७७ कार्तिक २८ गते दिउँसो १ :१०मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology