• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुई उपमेयर यसरी मनाउदै छन् तिहार

दुई उपमेयर यसरी मनाउदै छन् तिहार


समायोजन खबर
  • शुक्रबार, कार्तिक २८ २०७७

  • विणादेबी राई (बायाँ) बिमला राई (दायाँ) ।

    समायोजन खबर खोटाङ, खोटाङको दुई नगरपालिकाका उपप्रमुखहरुले यो पटकको तिहार स्वास्थ्य सावधानी अपनाएर मनाउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुखले कोरोना महामारीलाई मध्यनजर राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर तिहार मनाउन लागेका हुन् ।
    विणादेबी राई, उपमेयर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेबी राईले यो वर्षको तिहार बुईपामा मनाउँदै छिन् । दुई जना माइतीहरुलाई फुलटिका लगाएर तिहार मनाउने योजना रहेको राईले बताईन् ।
    आफ्नै दुई जना भाईहरु भएता पनि एक जना वाहिर भएकाले एक जना आफ्नै भाइ र अर्कोजना बडा (तुप्पा)को छोरा(दाई)लाई फुलटिका लगाएर तिहार मनाउन लागेको उपप्रमुख राईले जानकारी दिईन् ।

    कोरोनाका कारण सदाझै परिस्थिती सामान्य छैन, जहाँ छौ त्यही बसेर चाडपर्व मनाउनुहोस । गत वर्षहरुमा जस्तो भीडभाड गरेर देउसी भैलो खेल्ने, शुभकामना आदान–प्रदान गर्ने, जमघट र भेलाहरु केही नगरौ । उपप्रमुख राईले भनिन् “यो पटक परिवारमा जे–जति छौ त्यतिले नै सामान्य ढंगले तिहार मनाउँ ।”
    बिमला राई, उपमेयर हलेसी तुवाचुङ नगरपालिका
    हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले यो वर्षको तिहार परिवारको साथमा दिक्तेलमा मनाउँदै छिन् । राईको छ जना माईतीहरुमा दुई जना परदेशमा र चार जना गाउँमा रहेका छन् । गाउँमा रहेका चार जना माईतीहरुलाई यो पटक ठूलो दिदीको हातबाट फुलटिका लगाउने योजना रहेको राईले सुनाईन् ।

    कोरोना महामारीको विचमा तिहार मनाउनु पर्ने भएकाले आफू सुरक्षित हुने उपायहरु अवलम्बन गर्न जरुरी छ । आफ्नो सुरक्षा अरुले गरेर नहुने रहेछ । उपप्रमुख राईले भनिन् “आफ्नो सुरक्षाका विधि प्रणाली चाँहि अवश्य अवलम्बन गर्नुहोला ।”२०७७ कार्तिक २८ गते बिहान ७ : १९ मा प्रकाशि

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology