समायोजन खबर खोटाङ, आगलागी हुँदा खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका घनश्याम फुयाँलको भैंसी र बाख्रा डढेर मरेको छ । बुधबार राती गुवाली (गोठ)बाट सुरु भएको आगोले एउटा व्याउने भैंसी र तीन वटा बाख्रा डढेर मरेको हो ।
आगोले जल्दा एउटा पाडा बाँच्नै नसक्ने अवस्थामा पुगेको छ । गोठ तथा गोठसँगै रहेको मतान, पशु तथा चौपाय, मतानमा स्टोर गरेर राखिएको काठ लगायत जल्दा करिब साँढे १० लाख बराबरको क्षती भएको अनुमान गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
भैंसी बाँधेर राखिएको ठाउँबाट आगो सुरु भएको देखिएको छ । यद्यपी आगलागीको कारण खुल्न सकेको छैन । जस्ताको छाना भएको घर भने जोगाइएको वडाध्यक्ष शिव फुयाँलले बताए । टिनको छाना भएकाले घर भने आगलागीबाट जोगिएको बताइएको छ ।
अग्नी पिडित फुयाँल शिक्षक हुन् । वर्ष दिनअघि मात्र विद्युत सर्ट भएर माणिकलाल प्रधानको घरमा आगलागी हुँदा सोही घरमा रहेको फुयालको स्टेशनरी पशल पूर्णरुपमा जलेको थियो । गत मंसिर ३० गते भएको आगलागीमा फुयाँलको १५ लाख बराबरको क्षती भएको थियो । २०७७ कार्तिक २७ गते साँझ ७ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology