समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षण गरिएकामा ७५९ महिला र एक हजार १५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ । यसैगरी आज दुई हजार ३४९ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६४ हजार ५९२ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १८९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय सङ्क्रमितको सङख्या ३८ हजार ४६१ पुगेको छ ।२०७७ कार्तिक २७ गते साँझ ७ :०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology