• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना कहर : खोटाङमा देउसी भैलो खेल्न नपाइने

कोरोना कहर : खोटाङमा देउसी भैलो खेल्न नपाइने


समायोजन खबर
  • बुधबार, कार्तिक २६ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा तिहारमा खेलिने देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर राख्दै जिल्लाभित्र तिहारमा देउसी भैलो खेल्न नपाइने भएको हो ।

    चाडपर्वको अवसरमा सामूहिक रुपमा भेला, जम्मा भइ गरिने शुभकामना आदान–प्रदान, चियापान, समुहमा खेलिने खेलकुद, सांस्कृतिक कार्यक्रम र राजनैतिक तथा अन्य गतिविधि गर्न नपाईने खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

    यस्तै, तिहारको समयमा हुने आगलागी र त्यसबाट हुने क्षतिलाई मध्यनजर राख्दै आतसबाजी, पटका लगायतका बिष्फोटकजन्य पदार्थहरु बेचबिखन र प्रयोग गर्न नपाईने, राती ८ बजेभन्दा पछि मदिरा बेचविखन तथा विक्री वितरण गर्न नपाईने, जुवा तास तथा जुवाजन्य खेल खेल्ने, खेलाउने गरेको पाइएमा तत्काल पक्राउ गरी जुवा तथा तास खालमा भेटिएका धनमाल जफत गरी नियमअनुसार कारवाही गरिने प्रजिअ पौडेलले बताए ।

    चाडपर्वमा अत्यवाश्यक सामग्री किनमेल तथा भेटघाट गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न, बेलाबेलामा साबुन पानीले हात धुन कोभिड संकट व्यवस्थापन तथा जिल्ला सुरक्षा समितिले आम नागरिकलाई आग्रह गरेकोे छ । चाडपर्वमा सकेसम्म आफू जहाँ छौ त्यही स्थानमा रहेर अनावश्यक भीडभाड, जमघट र यात्रा नगरी आफ्नो परिवार भित्र मात्र मनाउन पनि आग्रह गरिएकोे छ ।
    प्रशासनको सेवा सुचारु
    आज(बुधबार)बाट जिल्ला प्रशासन कार्यालयले आफ्नो सम्पूर्ण सेवा प्रवाह सुचारु गरेको छ । कोरोना संक्रमित प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले कोरोना जितेपछि १३ कार्तिकबाट बन्द भएको सबै सेवा स्वास्थ्य मापदण्डका उपायहरु अपनाई सुरु गरिएको प्रशासनले जनाएको छ ।

    प्रजिअ, सहायक प्रजिअ र चार जना कर्मचारीले कोरोना संक्रमण देखिएपछि अन्य कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरी पिसिआर परिक्षण गर्ने तथा संक्रमित कर्मचारी र अन्य कर्मचारी आइसोलेसन र क्वारेन्टीनमा बस्नु परेकाले प्रशासनले सूचना जारी गरेर सेवा प्रवाह बन्द गरेको थियो । २०७७ कार्तिक २६ गते दिउँसो १ :४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology