• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमणबाट अनमीसहित दुईको मृत्यु

कोरोना सङ्क्रमणबाट अनमीसहित दुईको मृत्यु


समायोजन खबर
  • मंगलबार, कार्तिक २५ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, रुपन्देहीमा कोरोना सङ्क्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका—१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिनुभयो ।

    कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा १८ गते नै उहाँलाई अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो । उहाँमा कुनै दीर्घ रोग थिएन । त्यस्तै भीम अस्पताल, भैरहवामा आज ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

    सिद्धार्थनगर नगरपालिका—१२ निवासी उहाँको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । दमबाट ग्रसित उहाँको कात्तिक १३ गते स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि सोही दिन नै उहाँलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी डा पोखरेलले जानकारी दिनुभयो । रुपन्देहीमा दुईको मृत्युसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।२०७७ कार्तिक २५ गते राती ८ :२२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology