समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीस्थित सुम्नीमा पारुहाङ सांस्कृतिक समुहले अटो दुर्घट्नामा गम्भीर घाइते भएका एक युवालाई आर्थिक सहयोग गरेको छ । समुहले गत कात्तिक २२ गते भएको अटो दुर्घटनामा गम्भीर घाईते भएका हलेसीका रुपेश राईलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।
दुर्घटनापछि हेलीकोप्टर चार्टर गरेर शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौंमा पु¥याइएका घाईते राईको उपचार एबं जीवन बचाउका लागि आर्थिक सहयोग गरेको सुम्नीमा पारुहाङ सांस्कृतिक समुहले जनाएको छ । सुम्नीमा पारुहाङ सांस्कृतिक समुहका अध्यक्ष हर्कराज राई लगायतको टोलीले सोमबार घाईते राईकी आमा ममता राईलाई घरैमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् ।
जयरामघाट–दिक्तेल सडक खण्डको ऐसेलुखर्कस्थित पिलोते भिरमा स १ ह ३५१८ नम्बरको अटो दुर्घट्नामा रुपेश गम्भीर घाईते भएका हुन् । अटो सडकबाट १० फिट तल खस्दा घाईते भएका राईलाई सुरुमा न्युरो अस्पतालमा पु¥याइए पनि शिक्षण अस्पताल रेफर गरिएको थियो ।
कोरोना परिक्षणका कारण उनको शल्याक्रीयामा ढिलाइ भएको बुबा कम्पशेर राईले बताए । ज्याला मजदुरीबाट परिवार पाल्दै आएका कम्पसेरले घाईते छोराको उपचार सहयोगका लागि अपिल गरेका छन् । परिवारको आग्रह अनुशार रुपेशको उपचार सहयोगार्थ सामाजिक सञ्जाल फेसबुकमार्पmत ‘रुपेश राई बचाऊ’ अभियान थालिएको छ ।२०७७ कार्तिक २५ गते दिउँसो १ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology