समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले बाख्रा स्रोत केन्द्रलाई्र बोयर जातको बोका र पाठी वितरण गरेको छ । गाउँपालिकाको कृषि सेवा विकास कार्यक्रम प्रयास अन्तर्गत बोयर जातको बाख्रा उत्पादनमा बृद्धि गर्ने उद्देश्यले सोमबार नमुना बाख्रा स्रोत केन्द्र ऐसेलुखर्कलाई बोका र पाठी वितरण गरिएको हो ।
गाउँपालिकाको ९० प्रतिशत अनुदानमा खरीद गरिएको बोयर जातको बोका र पाठी गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले नमुना बाख्रा स्रोत केन्द्र ऐसेलुखर्कका सञ्चालक तिलक तामाङलाई हस्तान्तरण गरेका छन् ।
गतसाल गाउँपालिकाको दुई लाख आर्थिक सहयोगमा स्थापना भएको बाख्रा स्रोत केन्द्रलाई यो पटक बोयर जातको एकवटा बोका र एकवटा पाठी वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख प्रमोद राजभण्डारीले बताए । राजभण्डारीका अनुसार नमुना बाख्रा स्रोत केन्द्रमा उत्पादन भएको बोयर जातको बाख्रा पालिकाभरी वितरण गरिनेछ ।२०७७ कार्तिक २४ गते दिउँसो २ :४१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology