• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आमा समुह र महिला विकास समितिलाई संस्थागत बनाउन अभिमुखीकरण

आमा समुह र महिला विकास समितिलाई संस्थागत बनाउन अभिमुखीकरण


समायोजन खबर
  • सोमबार, कार्तिक २४ २०७७

  • समायोजन खबर खोटाङ, आन्तरिक नीतिमा चलेका आमा समुह तथा महिला विकास समितिहरुलाई आधिकारीकता लिन दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ । गाउँपालिकामा छरिएर सञ्चालनमा रहेका आमा समुह तथा महिला समुहलाई थप मजवुत बन्नलाई कानुनी रुपमा लिनुपर्छ भन्ने उद्देश्यले आइतबार अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

    गाउँपालिका उपाध्यक्ष सपना राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको प्रमुख आथित्यमा गाउँपालिकाको सभाहलमा भएको अभिमुखीकरण कार्यक्रममा करीव ७० वटा आमा समुहका पदाधिकारी र करीव १२ वटा महिला विकास समितिका पदाधिकारीको उपस्थिती थियो ।

    उनीहरुलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद दाहाल र महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा संयोजक ओमसरा राईले चलिरहेका संस्थाहरुलाई अझ व्यवस्थित र आधिकारीक बनाउन सहकारी संस्थामार्फत संञ्चालन गर्न प्रोत्साहित गरेका थिए । टोल–टोलमा छरिएर रहेका आमा समूह र महिला विकास समितिहरूलाई सहकारी दर्तागरी संस्थागत रूपमा संचालन गर्न प्रोत्साहित गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार अभिमुखिकरण कार्यक्रम गरिएको महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा संयोजक ओमसरा राईले बताईन् ।

    आमा समुह तथा महिला विकास समितिहरुमा धेरै रकम जम्मा भएको र लगानी गरेको देखिन्छ । । यदि केही गरी भोली रकम हिनामिना तथा लगानी गरेको रकमा कसैले नतिरेमा कहाँ खोज्ने, संस्था कानुनी प्राप्त छैन । त्यसैले मुख्यतः उहाँहरुलाई आधिकारीक संस्था दर्ता गराउनुहोस भनेका हौ । राईले भनिन् । ‘संस्थाहरु सहकारीमार्फत दर्ता भएमा बैकिङ प्रणालीको विकास हुने, महिला व्यवसाायक कर्जा लिन सहज हुने, सामूहिक खेती पशुपालनजस्ता काममा सहयोग लिने बाटो खुल्नेछ ।’

    गाउँपालिकामा सञ्चालित आमा समूह तथा महिला विकास समितिहरूलाई व्यवस्थित र वैधानिक रूपमा सहकारी संस्थामार्फत चल्न गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले पनि जोड दिएका छन् । उहाँहरुलाई कानुनी बाटोमा आउन भनेका हौ । कानुनी बाटोमा आउँदा उहाँहरुलाइ थप टेवा पुग्छ । गाउँपालिका अध्यक्ष राईले भने ।

    यो पनि,दिप्रुङमा कक्षा ११ को परीक्षा सुरु

    २०७७ कार्तिक २४ गते बिहान ११ :५६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology