समायोजन खबर खोटाङ, नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको कूल सङख्या एक हजार १०८ पुगेको छ । आइसियूमा उपचारत क्रमशः प्रदेश नं। १ मा ४५, प्रदेश नं। २ मा ७, बागमती प्रदेशमा १८०, गण्डकी प्रदेशमा ८९, लुम्बीनी प्रदेशमा ५७, कर्णाली प्रदेशमा ५ र १५ गरी जम्मा ३९८ जना रहेका छन् । भेण्टिलेटरमा जम्मा ८२ जना उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ८१२ जना कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुने संख्या एक लाख ५७ हजार ९२६ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुनेदर ८१ दशमलव १ प्रतिशत रहेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित संख्या रहेको जिल्लामा झापा, मोरङ सुनसरी, काभ्रेपलान्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की नवलपरासी पूर्व ९रुपन्देही० र दाङ रहेको छ । शून्य सङ्क्रमित रहेको जिल्ला मनाङ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्।२०७७ कार्तिक २३ गते साँझ ७ : १७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology