समायोजन खबर खोटाङ, हलेसी पाँचकन्या कापी उधोग काठमाण्डौले खोटाङका दुई विद्धालयका विधार्थीहरुलाई निःशुल्क कापी वितरण गरेको छ । उधोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको शारदा आधारभूत विद्धालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको नवज्योती प्राथमिक विद्धालयमा अध्ययनरत साना–साना विधार्थीहरुलाई दुई सय थान कापी निःशुल्क वितरण गरेको हो ।
लफ्याङका समाजसेवी कर्णराज कटुवालले काठमाण्डौबाट पठाएको एक सय थान कापी नवज्योती प्राथमिक विद्धालय नुनथलाका ३३ जना विधार्थीलाई वितरण गरिएको छ । त्यहाँ नेपाल पत्रकार महासंघ शाखा खोटाङका सह–सचिव चिसाङ शेर्पाले वितरण गरेका हुन् । शिशु कक्षादेखी तीन कक्षासम्म अध्ययनरत स–साना वालवालिकालाई कापी वितरण गरिएको शेर्पाले बताए ।
शारदा आधारभूत विद्धालय लफ्याङमा भने विद्धालय व्यवस्थापन समिति अध्यक्ष युवराज कटुवालले प्रधानाध्यापकलाई कापी हस्तान्तरण गरेका छन् । विद्धालय बन्द रहेकाले केही विधार्थीलाई कापी वितरण गरिएको र वाँकी कापी प्रअमार्फत विधार्थीलाई बाँड्न दिइएको कटुवालले बताए । सामान्य आर्थिक स्थिती भएका परिवारको विधार्थीलाई एक–एक वटा र असहाय, निमुखा, असक्त परिवारका विधार्थीलाई अन्यभन्दा बढी कापी वितरण गरिनेछ ।
लामो समय विद्धालय बन्दले विधार्थीको जनजीवन अस्तव्यस्त भएको बेलामा सानो सहयोग गरिएको समाजसेवी कटुवालले बताए । यतिबेला कोरोनाले विद्धालय बन्द छ, विधार्थीले स्कुल जाने वातावरण छैन । कटुवालले भने, ‘हेर्दा सहयोग सानो छ तर, कापी पाएका वालवालिकाले स्कुलको याद गर्नेछ, होमवर्क गर्नेछन् यो ठूलो उपलब्धि हो।’२०७७ कार्तिक २३ गते दिउँसो ४ :३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology