समायोजन खबर खोटाङ, आगलागीमा खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका बिश्वराम मगरको ६ वटा पशुचौपाय डढेर घाईते भएका छन् । शुक्रबार राती २ बजे गोठबाट सल्किएको आगोले घर जल्दा मगरको एक वटा भैंसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाईते भएका हुन् ।
आगोमा जलेका भैंसी र पाडो बाँच्न नसक्ने अवस्थामा निकालिएको स्थानीय नेकपाका नेता जगत किरातीले बताए । आगलागीमा मगरको अन्न, काठपात, बन्दोबस्तीका सामान लगायत जल्दा करिब १० लाखको क्षती भएको अनुमान गरिएको छ । घरसँगै रहेको गोठमा बालेको धुपबाट घर जलेको अनुमान गरिएको छ । घर जलेपछि मगरका ९ जनाको परिवार हाल अर्को फगतपुरमा रहेको आफ्नै घरमा बसिरहेका छन् ।२०७७ कार्तिक २३ गते दिउँसो १ :५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology