समायोजन खबर खोटाङ,धरान उपमहानगरपालिका वडा नं १४ ले कोरोना भाइरस सङ्क्रमितका लागि आवश्यक अक्सिजन तथा बाफ लिने उकरण खरिद गरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ । श्वास प्रश्वासका समस्याका कारण सङ्क्रमितको अकालमा निधन हुन थालेपछि वडाले स्वास्थ्य उपकरण खरिद गरेको हो ।
वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वास्थ्य केन्द्र प्रमुख चन्दकला राईलाई तीन लाख बराबरको स्वास्थ्य सामाग्री आज हस्तान्तरण गर्नुभयो । ती सामग्रीमा अक्सिजन, पल्स अक्सोमिटर, स्टिम गन स्यानिटाइजर, डिजिटल थर्मोमिटर लगायतका सामाग्री रहेका छन् ।
सङ्क्रमित बडाबासीलाई श्वासप्रश्वासमा समस्या भए घर मै पुगेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मी राई, केन्द्रकुमारी बस्नेत र रुमा अधिकारीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ ।२०७७ कार्तिक २१ गते साँझ ७ :४१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology