• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीका २१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ,सिल खोल्ने तयारी

हलेसीका २१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ,सिल खोल्ने तयारी


समायोजन खबर
  • शुक्रबार, कार्तिक २१ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा २१ जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

    महादेवस्थानका एक पुरुष र एक महिलालाई कोरोना पुष्टि भएपछि उच्च जोखिममा रहेकाहरुको १७ कार्तिकमा स्वाव संकलन गरी पिसिआर परिक्षण गर्न प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा शुक्रबार सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।

    यस नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । ४ जना उपचारपछि घर फर्कीसकेका छन् । दुईजना उपचाररत रहेका छन् । यसैविच, दुईजना कोरोना संक्रमित भेटिएपछि १५ कार्तिकबाट सिल गरिएको नगरपालिकालाई खोल्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।२०७७ कार्तिक २१ गते अपरान्ह ३ :४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology