• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए


समायोजन खबर
  • बुधबार, कार्तिक १९ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन् । मोरंगको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७–७, उर्लाबारी र ग्रामथानमा ३–३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    उता झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४–४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १–१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ ।

    प्रदेश १ मा आज ४२२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २३४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आईसोलेसन, र बैजनाथपुर आईसोलेसनबाट ७–७, नोवेल अस्पताल र बेलबारी आईसोलेसनबाट ६–६, धाईजन आईसोलेसन केन्द्र र न्युरो अस्पतालबाट ४–४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आईसोलेसनबाट ३–३, कोभिड १९ आईसोलेसन अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट २–२, इलाम अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १०१ पुगेको छ ।

    प्रदेश १ मा आज १ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६४ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।२०७७ कार्तिक १९ गते साँझ ५ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology