समायोजन खबर खोटाङ, नेपालमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ३४ पुगेको छ ।
यस्तै, आज कोरोना भाइरसका तीन हजार ३०९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जनामा सङ्क्रमण तीन हजार ३०९ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ८२ हजार ९२३ पुगेको छ । हाल ३६ हजार ९११ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन हजार ८४४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
यसैगरी,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८७८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार काठमाडौंमा १ हजा ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको छ ।२०७७ कार्तिक १९ गते साँझ ५ :३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology