• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा १४७ जनाको स्वाव संकलन

दिक्तेलमा १४७ जनाको स्वाव संकलन


समायोजन खबर
  • सोमबार, कार्तिक १७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १४७ जनाको स्वाव संकलन गरेको छ । पछिल्लो समय नगरपालिकामा कोरोना संक्रमण दर बढ्दै समुदायस्तरमा फैलिएकाले संक्रमित व्यक्तिहरुसँग सम्पर्क र संसर्ग भएकाहरुको सोमबार स्वाव संकलन गरिएको हो ।

    जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरिक्षकमा कोरोना पुष्टि भएपछि ६७ जनाको पिसिआर गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको र ति संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको स्वाव संकलन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।

    स्वास्थ्य संयोजक आचार्यका अनुसार कन्ट्रयाक ट्रेसिङमा परेकामा बृद्ध, बच्चा र लक्षण देखिएका छन् । यस्तै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, व्यवसायीको पनि आजै स्वाव संकलन गरिएको छ ।

    संकलन गरिएको १४७ वटा स्वाव मंगलबार पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइनेछ । स्वाव संकलन गरिएका व्यक्तिहरुको पिसिआर परिक्षण रिपोर्ट नआएसम्म कोहीसँग सम्पर्क र सम्बन्धमा नरहन तथा उच्च स्वास्थ्य सतर्कताका साथ सुरक्षित हुन नगरपालिकाले आग्रह गरेको छ ।

    यस्तै, केहीदिन अघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक पुरुष र एक महिलामा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ अन्तर्गत २१ जनाको स्वाव संकलन गरिएको छ । उच्च जोखिममा रहेकाहरुको सोमबार स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।
    २०७७ कार्तिक १७ गते साँझ ७ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology