• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिकामा सिल

हलेसी तुवाचुङ नगरपालिकामा सिल


समायोजन खबर
  • आइतबार, कार्तिक १६ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,दुई जना कोरोना संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बजार तथा कार्यालय सिल गरेको छ । विशेषगरी मध्यपहाडी लोकमार्ग आसपासमा बढि भिडभाड हुने बजार तथा नगरपालिकाभित्रका सरकारी तथा गैर–सरकारी कार्यालय हप्ता दिनका लागि सिल गरिएको हो ।

    शनिबार नगरपालिकाको संयोजनमा बसेको सर्वदलीय बैठकले संक्रमित व्यक्तीको सम्पर्कमा पुगिसकेका व्यक्तीलाई १४ दिन होम क्वारेन्टीनमा बसाउने, आगामी कात्तिक २२ गतेसम्म मध्यपहाडी लोकमार्ग आसपासमा पर्ने जयरामघाट, दुर्छिमको छापडाँडा, हलेसीबजार, अर्खौले, विजुले तथा सगरमाथा राजमार्गमा पर्ने रेग्मीटारदेखि राजापानीबिचका होटल, खाजा घर, हार्डवेयर पसल, सवारी साधन मर्मत स्थल लगायत बन्द गर्ने निर्णय गरेको छ ।

    कोरोना संक्रमण दर थप फैलिन नदिनका लागि नगरपालिकाको कार्यालय, नगरपालिकाभित्र सञ्चालित सरकारी तथा गैर–सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था लगायतको सेवा हप्ता दिनका लागि बन्द गराइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । व्यापारिक केन्द्र तथा कार्यालय बन्द गरिए पनि स्वास्थ्य संस्था एबं मेडिकल भने २४ घण्टा नै खुला रहने नगरपालिकाले जनाएको छ ।

    यस अवघिमा सामुहिकरुपमा खेलिने खेलकुदका गतिविधिमा रोक लगाउनुका साथै अनावश्यक रुपमा भेला नहुन/नगर्न आग्रह गरिएको छ । सिल अवधिमा खाद्य तथा किराना पसल प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ । कोरोना संक्रमण दर बढ्दैगएको अवस्थामा नगरपालिकाले अनावश्यक काममा घर बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ । संक्रमित व्यक्तीको पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङ सकिएकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरी स्वाव संकलन गर्ने र पिसिआर परिक्षणमा पठाइने नगरप्रमुख राईले बताए ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक पुरुष र एक महिलालाई कोरोना संक्रमण पूष्टी भएपछि व्यापारिक क्षेत्र, कार्यालय लगायत सिल गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकामा संक्रमितको संख्या ६ पुगेको छ । हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ५३ पुगेको छ ।२०७७ कार्तिक १६ गते अपरान्ह ३ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology