• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बोलेरो जीप दुर्घट्ना हुंदा ३ जनाको घट्नास्थलमै मृत्यु

खोटाङमा बोलेरो जीप दुर्घट्ना हुंदा ३ जनाको घट्नास्थलमै मृत्यु


समायोजन खबर
  • मंगलबार, कार्तिक ११ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङमा बोलेरो जीप दुर्घट्ना हुंदा तीनजनाको घट्नास्थलमै मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेराको बंशिलाघाटबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीतर्फ आउदै गरेको को १ ज ३४७० नम्बरको बोलेरो जीप पौवासेराको सोह्रखानीमा सोमबार साँझ दुर्घट्ना हुंदा तीनजनाको घट्नास्थलमै मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दक्षुमान राई, सोही स्थान बस्ने बिश्व राई र बराहपोखरी गाउँपालिका–५ पौवासेराकी बृहस्पति राई रहेकी छन् । मृतक तीनै जनाको उमेर खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस्तै, घाइते हुनेमा मृतक बृहस्पति राईको ९ महिने शिशु, उदयपुर चौदण्डीगढी नगरपालिकाका २८ वर्षीय छत्र बहादुर राई र सोही ठाउँका ३२ वर्षीय दिपक परियार छन् । उनीहरुलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । बोलेरो जीप अनियन्त्रित भई सडकबाट २५० मिटर तल खसेर दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।२०७७ कार्तिक ११ गते बिहान ८ :५४ मा प्रकाशितi

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology