• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विद्यालयमा सामूहिक दशै

विद्यालयमा सामूहिक दशै


समायोजन खबर
  • सोमबार, कार्तिक १० २०७७

  • टिका ग्रहणपछि सामूहिक तस्विरमा शिक्षक, विधार्थीहरु ।

    समायोजन खबर खोटाङ, खोटाङको जनजागृती विद्धालयले यसवर्षको दशै सामूहिक रुपमा विद्धालयमा मनाएको छ । शुभद्रा–मदन फाउण्डेसनले दिक्तेल सोल्मामा सञ्चालन गरेको उक्त विद्धालयमा ठूलाले सानोलाई र सानोले ठूलोलाई टिका जमरा लगाइदिंदै सामूहिक रुपमा दशै मनाएको हो ।

    विद्धालयको प्राङगणमा शिक्षक, विधार्थीहरुलाई शुभद्रा–मदन फाउण्डेसनका अध्यक्ष तथा कृषिविज्ञ मदन राईले टिका र जमरा लगाइदिनु भएको थियो । यस्तै, फाउण्डेसनका प्रवन्ध निर्देशक सूर्य राईले फाउण्डेसनका अध्यक्ष राईलाई टिका जमरा लगाइदिंदै ठूलाले सानोलाई मात्र नभएर सानोबाट ठूलालाई पनि टिका, जमरा लगाइदिन मिल्छ, ज्ञान र सीप, आर्शिवाद ठूलामा मात्रै सिमित हुन्न सबैको साटासाट गर्नुपर्छ भन्ने झल्को दिएका थिए ।

    विद्धालयले चार किसिमको रंगमा टिका लगाइदिएको शुभद्रा–मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सूर्य राईले बताए । राईका अनुसार प्रकृतिको प्रतिक हरियो, ईन्द्रेणीको प्रतिक रातो, शान्तीको प्रतिक पहेंलो/सेतो रंगको टिका लगाइएको हो ।

    यस विद्धालयमा हिमाल, पहाड र तराईका ५५ जिल्लाका करीव डेढ सय विधार्थी अध्ययनरत छन् । कृषिविज्ञ मदन राईको परिकल्पनामा सरकारी पाठयक्रमलाई १२ प्रकारमा सरलीकरण गरेर पढ्दै र पढेकालाई हुबहु व्यवहारमा उतार्र्दै आएको विद्धालयमा कोरोना महामारीमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर निरन्तर पठनपाठन भइरहेको छ ।

    व्यवहारिक शिक्षामा अब्बल मानिएको विधालयले मनोरञ्जन शिक्षा, भाषा शिक्षा, विज्ञान शिक्षा, खाना शिक्षा, लुगा शिक्षा, घर शिक्षा, प्रविधि शिक्षा, स्वास्थ्य र यौन शिक्षा, मानविकी र व्यवस्थापन शिक्षा, सिर्जनशिलता शिक्षा, आत्महत्या शिक्षा र सन्तुलन शिक्षा दिंदै आएका छन् । २०७७ कार्तिक १० गते साँझ ६ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology