समायोजन खबर खोटाङ, खोटाङका जिल्ला समन्वय समिति प्रमुख, सिडिओ र डिएसपीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र डिएसपी नारायण प्रसाद चिमरीयालाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
तीनै जनामा सामान्य ज्वरो आउने लक्षण देखिएपछि शनिबार पिसिआर परिक्षण गर्दा आइतबार (हिजो) रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख राई, प्रमुख जिल्ला अधिकारी पौडेललाई सामान्य टाउको दुख्ने र ज्वरोको लक्षण छ । डिएसपी चिमरीयालाई सामान्य जिउ दुख्ने/ज्वरोको लक्षण छ । तीनैजना होम आइसोलेसनमा बस्नुभएको छ ।
तीनै निकायका प्रमुखमा कोरोना संक्रमण देखिएपछि अर्को रिपोर्ट नआएसम्मलाई कार्यालय सिल गरिने जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले बताउनुभयो । जिसस प्रमुख, सिडिओ र डिएसपीसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, सिडिओका परिवार, भान्से, डिएसपीका भान्से र जिल्ला प्रहरी कार्यालयमा हिरासत बन्दी १ जनागरी ८ जनाको कोशी अस्पताल कोभिड–१९ केन्द्र विराटनगरमा पिसिआर परिक्षण गर्दा तीनजनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै जिल्लाबाट पिसिआर परिक्षण गरिएकोमा ३६ जना कोरोना संक्रमित भएका छन् । हालसम्म २७ जना कोरोना जितेर घर फर्किसकेका छन् ।२०७७ कार्तिक १० गते साँझ ५ :३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology