• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जन्तेढुंगामा संक्रमितको दोश्रो पिसिआर रिपोर्ट पनि पोजिटिभ

जन्तेढुंगामा संक्रमितको दोश्रो पिसिआर रिपोर्ट पनि पोजिटिभ


समायोजन खबर
  • शुक्रबार, कार्तिक ७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिकाका दुई जना कोरोना संक्रमितमा पुःन कोरोना पोजिटिभ देखिएको छ । गत असोज १८ गते कोरोना संक्रमण पूष्टी भएपछि होमआइसोलेसनमा राखिएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका एक महिला र एक पुरुषको पिसिआर परिक्षणकाक्रममा पुःन पोजिटिभ रिपोर्ट आएको हो ।

    दोश्रो पल्ट गरिएको पिसिआर परिक्षणकाक्रममा पनि कोरोना पोजिटिभ देखिएपछि संक्रमितलाई थप १४ दिन होमआइसोलेसनमा बस्न भनिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताए । गत असोज ३० गते नमूना संकलन गरेर पिसिआर परिक्षणमा पठाइएकामा कात्तिक ५ गते पोजिटिभ रिपोर्ट आएको थियो । सुरुमा माईती घर बिराटनगर पुगेर घर आएकी एक महिला र काठ्माण्डौंबाट घर आएका पुरुषको स्वाव संकलन गरेर पठाउँदा संक्रमण पूष्टी भएपछि उनीहरुलाई होमआइसोलेसनमा राखिएको थियो । उनीहरुको १४ दिनपछि पुःन पिसिआर परिक्षण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए ।

    यसैबीच, केपीलासगढी गाउँपालिकाका एक जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । केपीलासगढी गाउँपालिका–४ बाक्सिलाकी एक ३० वर्षकी महिलालाई बिहिबार कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पतालका डा. प्रबिण झाले बताए । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । संक्रमितमध्ये २७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ७ जना उपचारमा छन् ।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १७ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, खोटेहाङ गाउँपालिकामा ४ जना, साकेला गाउँपालिकामा ३ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, केपीलासगढी गाउँपालिकामा १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र बराहपोखरी गाउँपालिकामा १ जनालाई संक्रमण पूष्टी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये १० जना प्रहरी जवान छन् । हालसम्म रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन् । २०७७ कार्तिक ७ गते साँझ ५ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology