समायोजन खबर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का सबै सांसदले दशैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो ।
दशै भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाले निर्णय गरेको छ । यस अघिनै नेकपाका केही सांसदहरुले दशैं भत्ता फिर्ता गरेका थिए । कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दशैं भत्ता लिएको समाचार चौतर्फी आलोचना भएको थियो ।
यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यस अघिनै दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।२०७७ कार्तिक ३ गते साँझ ६ :०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology