समायोजन खबर खोटाङ, ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ ।
सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बहुवर्षे योजनाअन्तर्गत २०७४ सालदेखि शुरु भएको भवन निमार्ण कार्य २०७७ साल असार मसान्तसम्ममा निर्माण गरी सक्नुपर्ने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत कूल बजेट रु चार करोड ९७ लाख पाँच हजार १५० मा सुवर्ण जेवी हिमालयन कन्स्ट्रक्सनले ठेक्का सम्झौता भएको थियो ।
हिमाली क्षेत्र भएकाले जिल्ला सदमुकामदेखि आवश्यक निर्माण सामग्री चार दिन लगाएर बोकेर निर्माणस्थलसम्म पु¥याउनुपर्ने र हिउँका कारणले वर्षको ६ महिनामात्र काम गर्न सकिने भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको संरक्षण अधिकृत तिवारीले बताउनुभयो । सम्झौता एक वर्ष थप गरी २०७८ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का निवर्तमान अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताउनुभयो ।
कञ्चनजङघा संरक्षण क्षेत्रभित्र विश्वको दुर्लभ वन्यजन्तु हिउँचितुवा, हाब्रे (रेडपान्डा) कस्तुरी मृगका साथै विभिन्न जनवार तथा चराचुरुङ्गी र विभिन्न प्रजातिका वनस्पति पाइने भएकाले अध्ययन अनुसन्धान गर्नका लागि हिमालीय अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको फेम्बूले बताउनुभयो ।२०७७ कार्तिक ३ गते बिहान ७ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology