समायोजन खबर खोटाङ, छिमेकी जिल्ला उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका(९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की र २६ वर्षका कर्मे सार्कीको मात्र पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।
दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी छ । भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको कटारीमा उपचार भइरहेको छ ।२०७७ कार्तिक २ गते बिहान ९ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology