• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घरैमा पुगेर ज्येष्ठ नागरिक सम्मान गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका

घरैमा पुगेर ज्येष्ठ नागरिक सम्मान गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका


समायोजन खबर
  • मंगलबार, असोज २७ २०७७

  • घरैमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरिदै ।

    समायोजन खबर खोटाङ, ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले निरन्तरता दिइरहेको छ । गाउँपालिकाले वडाका एकजना महिला र एकजना पुरुष ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहेको हो ।
    लामो समयसम्म जीवनयापन गरिरहनु भएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यस्थिती र उहाँहरुबाट आर्शिवाद लिंदै गाउँपालिकाले साउन ४ गतेबाट सुरु गरेको सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । आइटी अफिसर राईका अनुसार बुधबार दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा खामडाँडाकी ९६ वर्षीया धनकुमारी रायलाई सम्मान गरिएको छ ।
    उहाँलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले घरैमा पुगेर सम्मान गरेका छन् । सम्मान स्वरुप एक थान सिरक, एक थान डसना, एक थान बेडसिट, एक थान सिरानी, एक बट्टा हर्लिक्स र एक वटा झुल प्रदान गरिएको छ । सम्मान कार्यक्रममा याम्खाका वडाध्यक्ष शमशेर बहादुर कार्की, कार्यपालिका सदस्य सत्यवती राई, याम्खाका वडा सदस्य शान्तामाया मुग्राती र सप्तेश्वर छितापोखरीका वडा सदस्य अमृत गिरीको उपस्थिती थियो ।

    यसअघि गाउँपालिकाले छोरम्बुका ९५ वर्षीय जगत बहादुर बस्नेत, ९६ वर्षीया सन्तमाया राई, सप्तेश्वर छितापोखरीका ९१ वर्षीय जस बहादुर राई, ८५ वर्षीया चन्द्रकला थापा, छितापोखरी अखटेका ९१ वर्षीया विष्णुमाया भुजेल र धिप्लुङका ९० वर्षीय बुद्धिमान दर्जीलाई सम्मान गरेको थियो ।

    कोरोना महामारीमा ज्येष्ठ नागरिकहरु गाउँघरमा कसरी बसिरहनु भएको छ । उहाँहरुको स्थिती के छ, समस्या छ भने त्यसको समाधान गर्नतर्फ लाग्ने उद्देश्यले ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष राईले भने, “बाँकी वडाहरुमा पनि सबैभन्दा ज्येष्ठ नागरिक पहिचान गरेर आर्शिवाद लिंदै यसरी नै सम्मान गर्छौ ।”२०७७ असोज २७ गते दिउँसो २ :४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology