• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

छापडाँडा-रसुवा दैनिक वस सेवा सुरु

छापडाँडा-रसुवा दैनिक वस सेवा सुरु


समायोजन खबर
  • आइतबार, असोज २५ २०७७

  • वस सेवाको उद्घाटन गरिदै ।

    समायोजन खबर खोटाङ, हिउँद लागेसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम (छापडाँडा) र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकोे रसुवासम्म सिधा वस सेवा सुरु भएको छ । यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै तथा चाडबाडलाई लक्षित गरेर दैनिक वस सेवा सुरु गरिएको हो ।

    आइतबार हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी भाडबेंशीमा एक कार्यक्रमको आयोजना गरी विधिवत रुपमा वस सेवाको उद्घाटन गरिएको छ । स्थानीय ९९ वर्षीया तुलसा बुढाथोकी, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राईले एकसाथ वससेवाको उद्घाटन गरेका थिए ।

    वस दुर्छिम छापडाँडाबाट–हलेसी–धितुङ–भाडबेशी–रेग्मीटार–भण्डारेघाट–रमाईलो हुँदै रसुवासम्म सञ्चालन हुने खोटाङ यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष टेकेन्द्र राईले जानकारी दिए । दुर्छिमको छापडाँडाबाट दैनिक बिहान ६ बजे रसुवाका लागि वस छुट्ने छ भने रसुवाबाट दुर्छिमका लागि बिहान साढे ११ बजे वस छुट्नेछ ।

    कोभिडका कारण सरकारले तोकेको भाडाका अलवा दुर्छिम छापडाँडाबाट रसुवासम्मका लागि ४५० रुपैयाँ भाडा निर्धारण गरिएको प्रालिका वरिष्ठ उपाध्यक्ष राईले बताए । फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रृज जडान भएपछि छापडाँडा–गाईघाट सिधा वस सञ्चालिन गरिने प्रालिले जनाएको छ ।

    वस सञ्चालन भएपछि स्थानीयहरु हर्षित भएका छन् । कठिन यात्रा गरिरहेका सर्वसाधरणको यात्रा सहज भएको छ । दैनिक वस सेवा सुरु भएपछि स्थानीयले उत्पादन गरेको अन्न, फलफुल लगायत बाहिर निर्यात हुने अपेक्षा गरिएको छ ।२०७७ असोज २५ गते साँझ ७ :२३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology