• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा थप एक जनामा कोरोना संक्रमण

खोटाङमा थप एक जनामा कोरोना संक्रमण


समायोजन खबर
  • आइतबार, असोज २५ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा पुनः एकजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    शंकास्पद ब्यक्तिहरुको स्वाव संकलन गरी असोज २० गते पिसीआर परिक्षणमा पठाइएको ३९ जनामा १ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले जानकारी दिए । संक्रमित पुरुष जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका दुईजना संक्रमितसँगै गाउँ आएको बुझिएको छ ।

    संक्रमित ति पुरुषलाई होम आइसोलेसनमा बस्न भनिएको र उनको घर सिल गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष राईले बताए । योसँगै उक्त गाउँपालिकामा संक्रमितको संख्या चार जना पुगेको छ । यसअघि इन्द्रेणीपोखरी, लिच्कीराम्चे र सावाकटहरेका एक/एक जना पुरुषलाई कोरोना पोजिटिभ देखिएको थियो ।

    खोटेहाङमा पुनः संक्रमित थपिएसँगै जिल्लाबाट पिसीआर परिक्षणमा पठाएर कोरोना पोजेटिभ देखिनेको संख्या २९ पुगेको छ । काठमाण्डौमा पिसीआर परिक्षण गराएर पोजेटिभ भएका एकजना पुरुष भने जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत शैलेस श्रेष्ठले बताए ।२०७७ असोज २५ गते अपरान्ह ३ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology