समायोजन खबर खोटाङ, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त गर्नुभएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका औंलखोलामा बुधबार भएको जीप दुर्घटनामा परी सो गाउँपालिका–११ का वडाअध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको दुखद् निधन भएको थियो ।
सो घटनाप्रति मुख्यमन्त्री शाहीले भन्नुभएको छ – जीप दुर्घटनाका कारण जनप्रतिनिधिसहित ठूलो मानवीय क्षति भएको घटनाले प्रदेश सरकारलाई स्तब्ध तुल्याएको छ । उहाँले सो दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
जुनीचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार सो गाउँपालिका–१ औलखोलामा दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही, सोही वडाका कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले उपचारमा कुनै कमी आउन नदिन र बेपत्ताको खोजीमा तीव्रता दिन सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।
दुर्घटनाको खबर पाउने बित्तिकै उद्धार, उपचार एवम् सूचना सम्प्रेपणमा सबैलाई मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गर्नुभएको छ । सडक दुर्घटनाका कारण वर्षेनी ठूलो सङ्ख्यामा नागरिकको ज्यान गईरहेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले सडक दुर्घटना रोकथाम र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबै निकायलाई आग्रहसमेत गर्नुभएको छ ।२०७७ असोज २२ गते बिहान ८ :१२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology