• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा ३४३ कोरोना सङ्क्रमित थप

प्रदेश १ मा ३४३ कोरोना सङ्क्रमित थप


समायोजन खबर
  • बुधबार, असोज २१ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ३४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १६२ मध्ये विराटनगर १३७, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    आज थपिएका सङ्क्रमितमा महिला १३६ र पुरुष २०७ छन् भने विराटनगरमा महिला ५७ र पुरुष ८० छन् । अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ४४७ पुगेको छ भने आज १० जनासहित चार हजार १३२ जना निको भएर घर फर्किएका छन् ।

    पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ३१० जनासहित अहिलेसम्ममा प्रदेशमा एक लाख ३० हजार ६७१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।२०७७ असोज २१ गते राती ८ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology