समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी नेकपा खोटाङले एकताका बाँकी कामको टुंगो लगाएको छ । असोज १८ र १९ गते नेकपाको जिल्ला कमिटि सचिवालय बैठकले भौगोलिक, क्षेत्रगत र विभागिय जिम्माहरुको टुंगो लगाउदै एकताका बाँकी काम सकेको हो ।
मंगलबार पार्टी कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गर्दै पालिकाका इन्चार्ज, सह–इन्चार्ज, क्षेत्रिय समन्वय कमिटी गठन, विभागहरुको जिम्मेवारी, जिल्ला कमिटी तथा सचिवालय सदस्य थप्नेजस्ता कामको टुंगो लगाएको नेकपा खोटाङका प्रचार तथा प्रकाशन विभाग प्रमुखमा जीवन राई(संगिन)ले जानकारी दिए । बैठकले ऐसेलुखक गाउँपालिका इन्चार्जमा श्री बहादुर राई र गिरेन्द्र बहादुर राईलाई सह–इन्चार्ज तोकेको छ ।
केपिलासगढी गाउँपालिका इन्चार्जमा गृह बहादुर राई सह–इन्चार्जमा रुद्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका इन्चार्जमा हस्त कुमार राई सह–इन्चार्जमा अकिल कुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका इन्चार्जमा कुमार आचार्य सह–इन्चार्जमा सन्तोष राई, साकेला गाउँपालिका इन्चार्जमा विर्सिका राई सह–इन्चार्जमा दिल कुमारी राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका इन्चार्जमा चर्च बहादुर विश्वकर्मा सह–इन्चार्जमा इन्द्रप्रसाद दंगाल रहेका छन् ।
जन्तेढुंगा गाउँपालिका इन्चार्जमा देविप्रसाद रेग्मी सह–इन्चार्जमा बिरबल राई, खोटेहाङ गाउँपालिका इन्चार्जमा राजन प्रसाद बन्जारा सह–इन्चार्जमा इन्द्र नाराथुङ, रावाबेशी गाउँपालिका इन्चार्जमा उदय बहादुर कार्की सह–इन्चार्जमा सिताराम अधिकारी र बराहपोखरी गाउँपालिका इन्चार्जमा निशाना राई तथा सह–इन्चार्जमा दिल बहादुर राईलाई जिम्मेवारी दिइएको छ । क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ प्रमुखमा खडेन्द्र राई र क्षेत्र नं. २ को प्रमुखमा दिपक पाण्डेलाई जिम्मेवारी प्रदान गरेको छ । 
बैठकले संगठन विभाग प्रमुखमा रामप्रसाद दंगाल, स्थानीय तह परिचालन विभागमा देव विक्रम राई, स्कुल विभागमा विनोद आचार्य, आर्थिक व्यवस्थापन विभागमा उपिन कुमार राई, अनुशासन तथा न्याय कानुन मानवअधिकार विभागमा उदिम किराँती, युवा तथा खेलकुद विभागमा जलसेर राई, उधोग तथा वाणिज्य विभागमा सनमान खड्का, पुस्तकालय तथा अभिलेख विभागमा दिपनारायण रिजाल, सामाजिक सुरक्षा तथा विपत व्यवस्थापन विभागमा दिलचक्र राई, भौतिक पुर्वाधार तथा पर्यटन/अनुगमन विभागमा नरेशराज राई, कृषि, वन तथा जलश्रोत विभागमा गणेश कोइराला, निर्वाचन विभागमा जेनी राई, प्रचार तथा प्रकाशन विभागमा जीवन राई, साहित्य कला तथा संस्कृति विभागमा कल्पना चाम्लिङ, सहकारी तथा गैसस विभागमा चइन्द्र राई, शिक्षा तथा स्वास्थ्य विभागमा अर्जुन खड्का (झङकार), उपभोक्ता हित जनसम्पर्क विभागमा मनकुमारी रसाईली, श्रम रोजगार तथा गरिवीनिवारण विभागमा पुन्य बहादुर मगरलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
फाँटहरुको महिला इन्चार्जको जिम्मेवारी गितामाया राई, मजदुर इन्चार्जको जिम्मेवारी लिला निरौला, इन्जिनियरीङ इन्चार्जको जिम्मेवारी मनिसा राई, जनसंस्कृतीको जिम्मेवारी विणादेबी राई र आदिवासी जनजाती तथा सिमान्तकृत इन्चार्जको जिम्मेवारी सम्बर भुजेललाई दिने निर्णय भएको छ ।
यसैगरी, पार्टीको प्रदेश कमिटीसँग परामर्शगरी खगेन्द्र गुरुङ, माइतिराज राई, ओम प्रकाश घिमिरे, सुनि राई, निर्मला आचार्य, भागवत घिमिरे, तेजप्रसाद अधिकारी, पञ्च कुमार राई, विदुरमान राई, सुमन पुमा, रुद्र विष्ट, अम्बीका राई, टंक तामाङ, तारा राई, बिष्णु राई, बाणि विलास ढुंगाना, धुर्वा राई, दुर्गा राईलाई जिल्ला कमिटीमा तथा भागवत घिमिरे, टंक तामाङ, प्रदीप राई, विकास राई र सनमान खड्कालाई सचिवालय सदस्यमा थप गर्ने निर्णय भएको नेकपा खोटाङका सचिव रामप्रसाद दंगालले बताए ।२०७७ असोज २० गते दिउँसो १ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology