समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा १७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सोही अवधिमा आज सबैभन्दा बढी ३६३ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । आज थपिएकामा ६८ महिला र १११ पुरुष छन् ।
नयाँ सङ्क्रमित मोरङमा ८७ मध्ये विराटनगरमा ६९, सुनसरीमा ६४, झापामा १८, खोटाङमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या सात हजार ६११ पुगेको छ भने अहिलेसम्ममा चार हजार ८८ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा ६६६ जनासहित अहिलेसम्ममा एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।२०७७ असोज १८ गते राती ९ :०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology