समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिकामा दुई जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका एक महिला र एक पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो ।
माईती घर बिराटनगर पुगेर ९/१० दिनअघि घर आएकी एक महिला र काठ्माण्डौंबाट घर आएका पुरुषलाई कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताए ।
महिला घर आएको पाँच दिनपछि बिराटनगरमा रहेका भाईलाई कोरोना पोजिटिभ पूष्टी भएपछि पिसिआर परिक्षणका लागि उनको असोज १५ गते स्वाव संकलन गरिएको थियो । संक्रमित महिलाका परिवारका अन्य सदस्यको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ देखिएको जनाइएको छ ।
संक्रमण पूष्टी भएका दुबै जनालाई होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए । उनीहरुलाई घर आएदेखि नै होम क्वारेन्टीनमा राखिएको बताइएको छ । पूरुषको परिवारका अन्य सदस्यको भने पिसिआर परिक्षण गरिएको छैन । कन्ट्याक्ट ट्रेसिङका आधारमा पुरुषका परिवारको पिसिआर परिक्षण गरिने पोखरेलको भनाई छ । संक्रमित पुरुषसँगै आएका अन्य दुई जनाको भने पहिचान भएको छैन ।
यस्तै, खोटेहाङ गाउँपालिका–६ इन्द्राणीपोखरीका एक जना पुरुष, लिच्कीराम्चेका एक जना पुरुष र सावाकटहरेका पुरुषलाई शनिबार कोरोना पोजिटिभ देखिएको थियो । संक्रमितमध्ये इन्द्राणीपोखरीका पुरुष हप्ता दिनअघि साउदीअरवबाट, लिच्कीराम्चेका पुरुष पनि हप्ता दिनअघि कतारबाट आएका हुन् । सावाकटहरेका संक्रमित पुरुष ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख हुन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।२०७७ असोज १८ गते राती ८ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology