• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित, २५ गते बस्ने तयारी

भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित, २५ गते बस्ने तयारी


समायोजन खबर
  • आइतबार, असोज १८ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २५ गते बस्ने गरि स्थगित भएको छ । यसअघि असोज १९ का लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो ।

    मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आजजारी सूचनामा केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत अन्य विविध जिम्मेवारीमा रहनुभएका केही व्यक्ति तथा काठमाडौं बाहिर परिक्षण गर्नु भएका केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २।०० बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २।०० बजेका लागि निर्धारित गरिएको जनाइएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ । कोभिड—१९ पोजिटिभ देखिनु भएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शिध्र संक्रमण मुक्तिका लागि कांग्रेसले कामना गरेको छ ।२०७७ असोज १८ गते दिउँसो ३:५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology