समायोजन खबर खोटाङ, खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । दिक्तेलबजारबाट किराना सामान लिएर दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मातर्फ जाँदै गरेको स १ त ६६८० नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा टेम्माका २६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।
शुक्रबार राती साढे ८ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित जोरआँपमा दुर्घट्ना हुँदा ट्याक्टरको ट्रलीले किचेका राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतकको शवलाई परिक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
दुर्घट्नामा टेम्माकै हरी मुग्राती घाइते भएका छन् । ओभरलोड र साँघुरो घुम्तीका कारण ट्रली पल्टिएर दुर्घट्ना भएको अनुुमान गरिएको प्रहरीको भनाई छ । ट्याक्टरमा ६ जना सवार थिए । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।२०७७ असोज १७ गते बिहान १० :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology