समायोजन खबर खोटाङ, कोरोना संक्रमितमुक्त जिल्ला बनेको खोटाङमा पुनः दुई जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको छ । तालिममा गएर जिल्ला प्रहरी कार्यालय फर्किएका दुई जवानलाई कोरोना संक्रमण पूष्टी भएको हो ।
तालिममा गएकैबेला लकडाउन भएपछि दुहवी दंगा सुनसरीमा बसेर असोज ११ गते फर्किएका जवानलाई कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत शैलेस श्रेष्ठले जानकारी दिए । उनीहरुको असोज १२ गते स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि टेकु पठाइएकामा बिहिबार पोजिटिभ रिपोर्ट आएको हो ।
दुहबीबाट आएसँगै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा राखिएका जवानलाई संक्रमण पूष्टी भएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरी नायब उपरिक्षक प्रमुख नारायणप्रसाद चिमोरियाले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट २८ जनाको पिसिआर परिक्षणमा स्वाव पठाइएकामा दुई जना प्रहरीलाई संक्रमण भएको पूष्टी भएको हो । यसअघि सरुवा भएर जिल्ला प्रहरी कार्यालय आएका ७ जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको थियो । यससँगै खोटाङमा पिसिआर परिक्षणमा पठाएकामध्ये कोरोना संक्रमण पूष्टी भएको संख्या २३ पुगेको छ ।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परिक्षणमा पठाइएकामध्ये १५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ जना, साकेला गाउँपालिकामा १ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र बराहपोखरी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पूष्टी भएको थियो ।२०७७ असोज १६ गते दिउँसो १ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology