• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सडक मर्मत गर्दै रावाबेशी र ऐसेलुखर्क गाउँपालिका

सडक मर्मत गर्दै रावाबेशी र ऐसेलुखर्क गाउँपालिका


समायोजन खबर
  • बुधबार, असोज १४ २०७७

  • सडकको अनुगमन गर्दै रावाबेशी र ऐसेलुखर्क गाउँपालिका अध्यक्षद्धय ।

    समायोजन खबर खोटाङ, खोटाङको रावाबेशी र ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मतको काम सुरु गरेको छ । अविरल बर्षाका कारण पहिरो, ढिस्को खसेर आवतजावत नै बन्द भएपछि सडक मर्मतको काम थालेका हुन् । दुवै गाउँपालिकाले आ–आफ्नो क्षेत्रमा भएको सडकको पहिरो, ढिस्को पन्छाउने काम धमाधम गरिहरेको हो ।

    रावाबेशी गाउँपालिकाले कुभिण्डे, हौचुर र जालपा पुछारसम्म सडक मर्मत गर्न थालेको छ । रिङरोडको अवधारणा राखेर पालिकाले नै निर्माण गरेको सडकमा बस चलाउने उद्देश्य र नजिकिदो चाडबाडलाई मध्यनजर राखेर सडक मर्मत गर्न थालिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । गाउँपालिकाको जेसिभि र स्काभेटर प्रयोग गरेर ५ किलोमिटर जति सडक मर्मत गरिनेछ ।

    ऐसेलुखर्क गाउँपालिकाले भने माक्पाको रातमाटे पाखामा झरेको पहिरो पन्छाउने काम गरिरहेको छ । यस ठाउँमा यसअघि २ पटक पहिरो पन्छाएर केही गाडी पास गराए पनि असोज ९ र १० गते परेको पानीका कारण पुन : पहिरो झरेपछि पन्छाउने काम भइरहेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

    रातमाटे पाखामा फेरी पहिरो गएको छ । आवतजावत नै अवरुद्ध भएपछि अलिक हिलाम्मे भएकाले पर्खदै पन्छाउने काम गरिरहेका छौ । अध्यक्ष निरौलाले भने । ‘यसरी गर्दा अलिक दिगो हुने अपेक्षा छ ।’

    चाडबाड नजिकिएसँगै र हिउँद लागेपछि स्थानीय तहहरुले ग्रामिण सडकहरु मर्मत गर्न थालेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि पालिकाभित्र रहेका ट्याक्टर व्यवसायीसँग सहकार्य गरेर मुख्यमुख्य ग्रामिण सडकमा भएको खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ ।२०७७ असोज १४ गते मध्यान्ह १२ :२८ प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology