• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सामाजिक सुरक्षा भत्ता अनियमिततामा संलग्नता छैन : वडाध्यक्ष भट्टराई

सामाजिक सुरक्षा भत्ता अनियमिततामा संलग्नता छैन : वडाध्यक्ष भट्टराई


समायोजन खबर
  • बुधबार, असोज १४ २०७७

  • मात्तिमका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई ।

    समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले सामाजिक सुरक्षा भत्ता अनियमिततामा आफ्नो संलग्नता नभएको बताएका छन् । मात्तिममा मृत्यु भइसकेका ब्यक्तिहरुको नाममा सामाजिक सुरक्षा भत्ता निकासा भएको समाचार बाहिर आएपछि वडाध्यक्ष भट्टराईले सामाजिक सुरक्षा भत्ता अनियमिततामा आफ्नो कुनैपनि संलग्नता नरहेको बताएकोे हो ।

    स्थानीय सरकार संचालन ऐन २०७४ तथा आर्थिक प्रशासन ऐन एवम् नियमावली २०७४ ले व्यवस्था गरे अनुसार वडाको सम्पूर्ण आर्थिक र प्रशासनिक काम कारवाहीमा जनप्रतिनिधिको कुनै पनि प्रत्यक्ष भूमिका रहने व्यवस्था नभएकाले सामाजिक सुरक्षा भत्ता दुरुपयोगमा आफ्नो संलग्नता नभएको मंगलबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष भट्टराईले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता दुरुपयोगमा वडाध्यक्षको संलग्नता भएको भन्दै समाचार बाहिरिएपछि कानुनी रुपमा आर्थिक अधिकारको जिम्मा आफूलाई नभएको र भत्ता दुरुपयोगमा संलग्नता नभएको वडाध्यक्ष भट्टराईले जनाएका छन् ।

    जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाईसराई, नयाँ सामाजिक सुरक्षा भत्ताको नाम दर्ता तथा लगत कट्टा र सामाजिक सुरक्षा भत्ताको पेश्की लिने, वितरण गरि वास्तविक भरपाई तयार गर्ने साथै फरफारक गर्ने सम्पूर्ण जिम्मेवारी पञ्जीकाधिकारीको हो । कहाँ गल्ती छ यस विषयमा गम्भीर रुपले छानविन हुनुपर्छ । वडाध्यक्ष भट्टराईले भने, ‘तर हचुवाको भरमा ब्यक्तिको चरित्र हत्या गर्नेगरी आरोप लगाउन पाइन्दैन । पुष्टी गर्न मेरो चुनौती छ ।’

    सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुनमा तत्कालिन वडा सचिव होमनाथ ढकाल जिम्मेवार रहेको वडाध्यक्ष भट्टराईको दाबी छ । सचिव ढकाल भदौ १७ गते सरुवा भई खिदिमा पुगेका छन् । वडा समितिको सिफारिसको आधारमा पेश्की निकाल्ने र फरफारक गर्ने निर्णय भएर सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएकोमा तेश्रो चौमासिकका लागि वडाबाट कुनैपनि सिफारिस नदिइएको वडाध्यक्ष भट्टराईले बताए ।
    छानविन गर्दा कानुनी रुपमा आफू नै दोषी प्रमाणित भएमा जस्तोसुकै कारवाही भोग्न र त्यसलाई आत्मसाथ गर्न तयार रहेको बताउँदै वडाध्यक्ष भट्टराईले त्यसअघि राजनैतिक प्रतिशोध साधेर आफ्नो स्वच्छ राजनैतिक जीवनमाथी हिलो छ्याप्ने गरिएको दुष्प्रयासलाई प्रमाणित गराउन चुनौती दिएका छन् । घट्नाको यथार्थ बाहिर नआउन्जेल अनावश्यक रुपमा नगर्न प्रचार नगर्न पनि भट्टराईले आग्रह गरेका छन् ।

    सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको विषयमा वास्तविकता बुझ्न खोज्दा तत्कालिन वडा सचिव होमनाथ ढकाल भने फोनमा टावर नभएको भन्दै बोल्न आनाकानी गरेका छन् । सामाजिक सुरक्षा भत्ता दुरुपयोगका बारेमा मिडियामा आएको कुरालाई नै उजुरी मानेर प्रक्रियागत रुपबाट छानवीन गरिने गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । सम्बन्धित वडाको हकमा १५ दिन र अन्य वडालाई समेत २५ दिनभित्रको डेटलाइन तोकेर छानविन अगाडी बढाइने अध्यक्ष खड्काले बताए ।
    खोटाङमा सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको घट्ना एकपछि अर्को गर्दै बाहिरिएपछि यो विषय सतहमा आउन थालेको छ ।२०७७ असोज १४ गते बिहान ११ :२७ प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology