• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वीपी स्मृति खोटाङको अधुरो काम सम्पन्न गर्न जुटे युवा

वीपी स्मृति खोटाङको अधुरो काम सम्पन्न गर्न जुटे युवा


समायोजन खबर
  • शनिबार, असोज १० २०७७

  • श्रमदानमा जुटेका युवाहरु । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, वीपी स्मृति खोटाङको अधुरो कार्य सम्पन्न गर्न युवाहरु जुटेका छन् । सरस्वती माबी नजिक रहेको वीपी स्मृति खोटाङको भवन परिषर वरिपरि शौचालय, घेराबारा, बगैचा लगायतको काम सम्पन्न गर्न युवाहरु जुटेका हुन् ।

    नेपाल तरुण दल, नेविसंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघमा आवद्ध युवाहरु विगत १० दिनदेखी निःशुल्क श्रमदानमा खटिरहेका छन् । कांग्रेस नेताहरुको आर्थिक सहयोगबाट कच्चा पदार्थ खरीदगरी निर्माण कार्यमा युवाहरुले श्रमदान गरिरहेको नेपाल तरुण दल जिल्ला उपाध्यक्ष सन्जय कुमार राईले बताउनुभयो ।
    भवन बनाउँदा शौचालयको वाल हालिएको भए पनि अन्य निर्माण काम अधुरो रहेको हुनाले युवाहरुद्वारा फिनिसिंग कार्य सम्पन्न गर्न लागिएको हो ।

    हालसम्म शौचालयको लागि सेफ्टी ट्याङकी तयारपारी ढलानको काम सम्पन्न गरि सकिएको छ । शौचालय पस्ने बाटोमा सिढी, शौचालयभित्र छ वटा युरिनियल, महिला पुरुष शौचालय र २ वटा हात धुने ठाउँ बनाउन बाँकी रहेको छ ।
    यस्तै, १३५ फिट लम्बाईको मेसिनरी वाल लगाउने र त्यसमाथी छ फिट अग्लो जालिले घेराबारा गरिने, कम्पाउन्ड भित्र नेपालको राष्ट्रिय झण्डा, नेपाली कांग्रेसको झण्डा र भातृ तथा भगिनी संस्थाहरुको क्रमशः झण्डा राखिने छ ।

    अबको युवाहरूले समस्या देखाउने र अग्रजलाई गाली गरेर मात्रै बस्ने खालको हुनुहुदैन, अबको युवाहरू भनेको समस्याको समाधान गर्न सक्ने र सिर्जनात्मक तथा रचनात्मक कार्यमा लाग्ने हुनुपर्छ । उपाध्यक्ष राईले भन्नुभयो, “यहि संस्कारको सुरुवात गरिएको हो ।”
    युवाहरु बिकाशका सम्वाहक हुन्, युवाहरुले गरिरहेको यो कार्यलाई हेर्दा युवाहरुले चाहेमा असंम्भव भन्ने कुरा केही पनि नभएको कांग्रेसका पार्टी सभापति नरेश कुमार श्रेष्ठले बताउनुभयो । युवाहरु कुरामा मात्रै सिमित हुनुहुन्न कुरा र व्यवहारमा उस्तै देखिनुपर्छ । पार्टी सभापति श्रेष्ठले भन्नुभयो, ‘युवाहरुको मेहेनतले यसको चरितार्थ गरेको छ ।’२०७७ असोज १० गते बिहान ७ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology