• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङमा पुनः पठनपाठन सुरु गरिने

दिप्रुङमा पुनः पठनपाठन सुरु गरिने


समायोजन खबर
  • शुक्रबार, असोज ९ २०७७

  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाको केन्द्र। फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले टोल–टोलमा शिक्षक खटाएर सञ्चालन गरिरहेको पठनपाठनलाई पुनः सुरु गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणको कारण बन्द गरिएको पठनपाठन असोज ११ गतेदेखी सञ्चालन गर्ने निर्णय गरेको हो ।लकडाउन खुल्ला भएपश्चात बालबालिकाको शैक्षिक क्षतिलाई दृष्टिगत गरी ७ साउनबाट ‘गाउँटोल वस्ती सिकाई सहजिकरण अभियान’ नाम दिएर सुरु गरिएको पठनपाठन ४ भदौदेखी अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको गाउँ शिक्षा समितिले शुक्रबार बैठक बसेर पुनः पठनपाठन सुरु गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७’ को दफा ५ को (क) ४ बमोजिम सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर विद्यालयको अनुकुलता अनुरुप आ–आफ्नो विद्यालयमा सिफ्ट कायम गरी, जोर बिजोर प्रणाली अपनाई वा गाउँटोल बस्तीमा केन्द्र व्यवस्थापन गरी विषयगत पाठ्यक्रमका आधारमा विषयवस्तु बढ्ने गरी विद्यार्थी सिकाई सहजिकरण अभियान कार्यक्रम सञ्चालन गर्न गराउनु गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुलाई सूचित गरिएको शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताए ।

    कोरोना भाइरसको यथावत प्रकोपले शैक्षिक क्षेत्रमा ठूलो असर पुगेकाले गाउँपालिकाभरीका ४८ वटा विद्धालयका ५ हजार ५१२ जना विधार्थीलाई १५१ वटा केन्द्र बनाई दुरी कायमगरी स्वास्थ्य सर्तकता अपनाएर पठनपाठन भइरहेका थियो । गाउँपालिकाले विधार्थीहरुलाई विद्धालय, घर तथा पाटीमा केन्द्र बनाएर पढाउदै आएको थियो । उनीहरुको शिक्षण सिकाईका लागि बाल विकास केन्द्रमा कार्यरत सहित २७६ शिक्षक/शिक्षिका टोल–टोलमा खटेका थिए ।

    यसैवीच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले असोज २९ गते पालिकाभित्र माध्यमिक तह स्तरीय अनलाईन भर्चुअल बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ‘कोरोना भाइरस(कोभिड–१९) ले शिक्षामा पारेको असर र नियन्त्रणमा स्थानीय तहको भूमिका’ विषयमा अनलाईन वक्तृत्वकला आयोजना गर्ने भएको हो ।२०७७ असोज ९ गते राती ९ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology