चिसाङ शेर्पा खोटाङ, खोटाङमा निर्बाध रुपमा विभिन्न दलका नेताहरु ठूलो संख्यामा भेला हुने सभा, समारोह गर्ने लहडले कोभिड–१९ सक्रमणको जोखिम बढाएको छ । ‘लकडाउन’ खुल्नुका साथै व्यापार, व्यवसाय, होटल–रेष्टुराँ, लामो दूरीका सवारी साधन सञ्चालनमा आए पनि सरकारले सबै प्रकारका सभा, समारोह, भेलामा रोक लगाइरहँदा दलका नेताहरु नै सामान्य कुरा मास्कसम्म नलगाई पार्टीका कार्यक्रम आयोजना गरेर संक्रमण बढाउन अग्रसर देखिएको छ ।
ठूलो सङख्यामा मानिस भेला हुने कार्यक्रमबाट कोरोना सक्रमण फैलन खतरा अत्यधिक हुने जनाउँदै सरकारले सभा, समारोह, भेलामा रोक लगाएको छ । यस्ता अत्यावाश्यक काममा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि सरकारी निकायहरुले सुझाइरहेका छन् । तर खोटाङमा नेकपा, कांग्रेस, जसपाको अनावश्यक (यो परिस्थितीमा) सभा, समारोह, भेलालगायत कार्यक्रम रोकिएका छैनन् ।
यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बनसमेत गरेको देखिन्दैन । उनीहरुलाई बसः यताको उता, उताको यता मान्छे तानातान गर्नमा भन्दा अरुमा केही ध्यान छैन । विषम परिस्थितीमा यहि नै उनीहरु सबैभन्दा बहादुरी ठानिरहेका छन् ।
यहाँ राजनीतिक दलका गतिविधिहरु नियमित जस्तै सञ्चालित छन् । पार्टी प्रवेशदेखि भेला बैठकहरु चलिरहेकै छन् । जिल्लाका नेताहरुदेखी निर्वाचित जनप्रतिनिधि, ‘तपाईको माक्स खै’ अभियान चलाएकादेखी अरुलाई मास्क लाउनुपर्छ, भीडभाड गर्नुहुन्न भनेर धमास लाउनेहरु अलिकती असहज महशुष नगरी पार्टीका गतिविधिमा गाउँ–गाउँ पुगिरहेका छन् । फेसबुकभरी मै हुँ भन्दै फोटो राखेर धमास लगाइरहेका छन् । एउटा पार्टीका कार्यकर्ता अर्को पार्टीलाई दोष लाउँछन् तर, के गर्नु उनको पार्टी चाँहि कुन गतिलो छ र ?
दलका नेता कार्यकर्ताहरु कोरोना सक्रमणको महामारीको पर्वाह नगरी चुनाव नजिकिए जसरी राजनीतिक गतिविधिमा धुरन्धर खटिरहेका छन् । दलका नेताहरुको रवाफ देख्दा लाग्छ उनीहरु अर्कै संसारबाट आएका अनि कही नभएको बढेमानका मानिसहरु हुन्, कोरोना आफूलाई पनि लाग्दैन अरुलाई पनि सर्दैन । समय परिस्थिती नबुझेका अन्धभक्त कार्यकर्ताहरु आफ्नो नदेख्ने अर्काको मात्रै देखे जसरी सामाजिक संञ्जालमा डंका छोडेर उफ्रिरहेका छन् । ताकि यो समय के,का र कसका लागि चेतना हुनुपर्दैन ?
लामो लकडाउनले पिल्सिएका जनतालाई राहत, स्वास्थ्य सर्तकता र उद्धारमा लाग्नुपर्ने यो बेला दलका नेताहरुलाई चुनावी रन्को लागेकोे देख्दा ‘मै हुँ भन्ने नेताहरुमा’ कहिले चेतना आउँला ? भनेर प्रश्न गर्नुपर्ने देखिन्छ । पछिल्लो समय जिल्लामा राजनीतिक गतिविधिहरु सबैभन्दा बाक्लो गरी भइरहेका छन् । यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउने सवाललाई आयोजक र सहभागीहरुले प्राथमिकतामा राखेको देखिन्दैन । उनीहरुलाई भीड जम्मा गरेर अविर जात्रा गर्न अनि फोटो सेशन गर्न मात्रै ध्यान छ ।
लकडाउन खुलेयता ‘कोरोना सक्रमणको महामारी रोक्ने दायित्व स्थानीय प्रशासन र सरकारको मात्रै हो’ भन्ने सन्देश दिने गतिविधिहरु विभिन्न क्षेत्रबाट भइरहदा यहाँका दलका नेताहरु भने त्यसको धज्जी उडाउदै गाउँ–गाउँमा पसेर अनावश्यक भीडभाड जम्मा गरेर कोरोना संक्रमण फैलाउन सहयोग गरिरहेको देख्दा लाग्छ पक्कै पनि उनीहरुलाई चेतनाको अभाव छ ।
कोरोनाको सक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरमा आयोजना गरिने बैठक तथा समीक्षामा सतर्कता अपनाउने/अपनाउन लगाउनुपर्छ भन्ने आवाज सशक्त रुपले राख्ने दलका नेताहरु नै स्वास्थ्य सुरक्षाका मापदण्डहरु ख्याल नगरी विभिन्न सभा समारोह आयोजना गर्ने तथा सहभागी हुने गरेका देखिन्छन् । ठूलो सङयामा हुने भेला तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नभए पनि स्थानीय प्रशासनले यस्ता गतिविधि रोक्न सकेको छैन् ।
जिल्ला भित्रै २१ जनामा कोभिड–१९ सक्रमण पुष्टि भइसकेको अवस्थामा दलकै नेताहरुका कारण जोखिमको तुलनामा सावधानी र स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बनको अवस्था अत्यन्तै कमजोर हुँदा एकै पटक धेरै व्यक्तिमा सक्रमण फैलन खतरा बढेको यहाँका स्थानीयवासीको गुनासो छ । स्थानीय प्रशासनले ‘प्रत्येक व्यक्ति सचेत भए मात्रै महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने’ भन्दै थप सचेतना अपनाउन पटक–पटक सार्वजनिक सूचनामार्फत आग्रह गरिरहेको छ । तर, दलका नेताहरु भने त्यसको धज्जी उडाउदै आइरहेका छन् ।
दुरदराजका सोझासाझा जनतालाई आकासै झारिदिन्छु जसरी फकाएर अबिर धस्न होडबाजी गर्ने र अनावश्यक भीड जम्मा गरेर चुनावी सभा जसरी पार्टीको कार्यक्रम गर्ने बेला साँच्चिकै यतिबेला नै हो त ? यो कुराको छिनोफानो कसले गर्ने ?२०७७ असोज ९ गते साँझ ५ :३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology