• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति कांग्रेसद्धारा दुःख व्यक्त

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति कांग्रेसद्धारा दुःख व्यक्त


समायोजन खबर
  • बिहिबार, असोज ८ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेसले अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा आज बिहान गएको पहिरोमा एकै परिवारका नौ जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

    त्यसैगरी कांग्रेसले स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ मा एक जनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिराले घर पुरिदा पाँच जना बेपत्ता र कपिलवस्तुको बनगाई–डोहोट सडकखण्डअन्तर्गत कोइली खोलामा पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाप्रति पनि दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

    पहिरोमा परी जीवन गुमाउनुभएका सबैमा श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै काग्रेसले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै काग्रेसले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

    युनियनको निर्वाचन रोक्नु दुःखद्
    नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले सरकारले निजामती कर्मचारीको आधिकारिक युनियनको निर्वाचन पटकपटक सार्ने कार्य गरी संविधानप्रदत्त मौलिक हकको हनन् गरेको आरोप लगाएको छ ।

    विभागका प्रमुख शिवप्रसाद हुमागार्इँले आज एक विज्ञप्तिमार्फत संविधानको धारा १७ बमोजिम सङ्घसंस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्न पाउने नैसर्गिक अधिकारमा हस्तक्षेप गरेको उल्लेख गर्नुभएको छ ।

    कांग्रेसले कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकारमाथि हुने अतिक्रमणको भत्र्सना गर्ने उल्लेख गर्दै उहाँले निर्वाचनको घोषणा गरेर अन्तिम तयारी भइसकेको अवस्थामा विभिन्न बहनाबाजी गरी गरिएको निर्णय सच्याउन र आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गराउन सरकारसँग माग गर्नुभएको छ ।२०७७ असोज ८ गते साँझ ६ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology