• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ मा कोरोना सङ्क्रमित ११९ थप

प्रदेश नं १ मा कोरोना सङ्क्रमित ११९ थप


समायोजन खबर
  • सोमबार, असोज ५ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश नं१ मा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सुनसरी र झापाका एक एक महिला छन् । प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    यसैगरी सोही अवधिमा प्रदेशमा ११९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् जसमा ५३ महिला र ६६ पुरुष छन् । सङ्क्रमितमा मोरङमा १०५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश बाहिरका एकएक जना छन् ।

    मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ९७ जना सङक्रमित भएका छन् । सोमध्ये ४३ महिला र ५४ पुरुष छन् । प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या पाँच हजार ६९३ पुगेको छ । अहिलेसम्ममा दुई हजार ५५२ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा ९७६ जनासहित हालसम्म एक लाख १६ हजार ५५२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।२०७७ असोज ५ गते राती ८ :२६ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology