समायोजन खबर, कोरोना संक्रमणका कारण आज झापामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेची नगरपालिका– ५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिनुभयो ।
श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उहाँलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचाररत रहेकी वृद्धाको आज निधन भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झापामा चार पुगेको छ ।
झापामा हालसम्म सात सय ९१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ हजार ६६५ जनाको कोरोना परीक्षण गर्दा ७९१ जनालाई कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमितमध्ये ६७८ जनाले कोरोना जीतेर घर फर्किएका छन् भने ११० जना उपचारकै क्रममा रहेको चम्लगाइँले जानकारी दिनुभयो ।२०७७ असोज ५ गते राती ८ :११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology