• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’


समायोजन खबर
  • शनिबार, असोज ३ २०७७

  • दिक्तेलमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. शशांक कोईराला । फाइल तस्बिर : समायोजन खबर

    समायोजन खबर खोटाङ, नेपाली कांग्रसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना हुनुभएको थियो । महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ हुनुभएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

    महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिनुभएको छ ।

    यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आम जनतामाझ जानकारी गराउने पत्रकार तथा आफ्नो उपचारमा सङ्लग्न डा विश्वनाथ कोइरालालगायत चिकित्सक टोलीलाई समेत धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने जानकारीसमेत गराउनुभएको छ ।२०७७ असोज ३ गते अपरान्ह ३ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology