• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङमा ‘अस्थायी कोभिड अस्पताल’ सञ्चालन हुने

दिप्रुङमा ‘अस्थायी कोभिड अस्पताल’ सञ्चालन हुने


समायोजन खबर
  • बुधबार, भाद्र ३१ २०७७

  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाको केन्द्र। फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘अस्थायी कोभिड अस्पताल’ सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै गाउँपालिकाको वडा नम्बर १ याम्खा स्वास्थ्य चौकीको नयाँ भवनमा ५ शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने भएको हो ।

    दशै, तिहार नजिकीदै गएको तथा असोज १ गतेबाट सरकारले अन्तरजिल्ला यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै कोरोना संक्रमण समुदायस्तरमा फैलने खतरालाई मध्यनजर गर्दै बुधबार बसेको कार्यपालिकाको बैठकले दशैअघिसम्म अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

    अस्थायी कोभिड अस्पलात निर्माण गर्न भनि संघीय सरकारले पठाएको १० लाख र गाउँपालिकामा अस्पताल व्यवस्थापनका लागि भनि यसवर्ष बिनियोजन गरिएकोे ३५ लाख बजेटबाट अस्पताल संञ्चालन गरिने भएको हो ।

    अहिलेको अवस्थामा गाउँपालिकामा कोरोना संक्रमित भेटिएमा जिल्ला अस्पताल दिक्तेल अथवा जिल्ला बाहिर उपचारमा पठाउनु पर्ने बाध्यताको अन्त्यका अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    दशै तिहारलाई मध्यनजर राख्दै संघीय सरकारले सार्वजनिक संघसंस्था र लामो दुरीका सवारी साधन खोल्न सुरु ग¥र्यो । काठमाण्डौमा चाँहि अत्यन्तै संक्रमित भेटियो । काठमाण्डौ, भारत र तेश्रो मुलुकबाट आउने मान्छेलाई एउटै नजरले हेर्नुपर्ने हुन्छ । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, “त्यसकारण संक्रमित क्षेत्रबाट आएका मानिसहरुलाई पिसीआर परिक्षण गर्दा संक्रमण देखियो भने उहाँलाई बाहिर पठाउनुभन्दा यहिको आइसोलेसनमा राख्नेगरी व्यवस्थापन गर्न अस्पताल सञ्चालन गर्न लागिएको हो ।”

    अस्थायी कोभिड अस्पतालमा एक जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी रहनेछ । जनशक्तिका लागि बिहीबारदेखी नै बिज्ञापन आव्हान गरिने जनाइएको छ ।२०७७ भदौ ३१ गते राती ८ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology