समायोजन खबर खोटाङ, प्रदेश नं. १ मा गएको २४ घण्टामा १३८ सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७७४ जनाको पिसिआर परीक्षण गरेकोमध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङमा १०८, सुनसरीमा २२, झापामा दुई, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङमा एक/एक र प्रदेश बाहिर तीनजना सङक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा सङ्क्रमण देखिएकामध्ये २८ महिला र ४२ पुरुष छन् ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ९६७ पुगेको छ । प्रदेशमा आज ६४ जना सङक्रमित निको भै घर फर्केका छन् । प्रदेशमा हालसम्म दुई हजार १४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल सम्म एक लाख १० हजार ७९० जनाको पिसिआर परीक्षण सम्पन्न भएको छ ।२०७७ भदौ ३० गते साँझ ७ :५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology