समायोजन खबर खोटाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई यातायात सञ्चालन गर्नुपर्ने बताउनु भएको छ ।आगामी असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले आज भर्चुअल छलफलमा उक्त आग्रह गर्नु भएको हो ।
लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गर्नुभएको हो । छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि व्यवसायीलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीको विवरण तयार गर्न आग्रह गर्नुभएको छ ।
उहाँले यातायात व्यवसायीको साझा समस्यालाई सरकारले सम्बोधन गर्दै जाने बताउँदै मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले लामो दूरीका यात्रुको विवरण राख्न पर्ने बताउनुभयो । छलफलमा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधन चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीका साथै यातायात क्षेत्रका मजदुर सङ्गठनका प्रतिनिधिको सहभागिता थियो ।२०७७ भदौ ३० गते साँझ ७ :४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology